Comments Add Comment

‘ए मेरो हजुर ३’मा यसकारण जोडिन पाएनन् प्रदिप


नायिका झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘ए मेरो हजुर ३’ कलाकारको कारणले चर्चामा छ । सुरुवातमा चलचित्रमा नायिका सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाह नहुने भएपछि यसले चर्चा पायो । यसपछि, चलचित्रमा नायक प्रदिप खड्काले काम गर्ने चर्चासमेत चल्यो ।

निर्माता सुनिलकुमार थापा र नायक खड्काविच चलचित्रमा काम गर्ने बिषयमा छलफल भएको थियो । चलचित्र ‘लिलिबिली’को रिलिजको समयमा नायिका झरना थापा चलचित्र हेर्न पुगेकी थिइन् । उनले, त्यतिबलै प्रदिप चलचित्रमा हुने सक्ने संकेत दिएकी थिइन् । तर, यो चलचित्रमा प्रदिप नहुने पक्का जस्तै भएको छ ।

सुनिलकुमार थापाले फाइनल निर्णय लिन नसक्नु् तथा झरना थापा विदेशमा हुनुले प्रदिप यो प्रोजेक्टमा जोडिन नसकेका हुन् । यो चलचित्रमा कुरा अडि्कएपछि प्रदिप र निर्माता गोविन्द शाहीले नयाँ चलचित्रको निर्माणको तयारी थालेका छन् र उनीहरुले बनाउन लागेको नयाँ चलचित्रलाई यो बर्षको अन्त्यमा रिलिज गर्ने तयारी गरिएको छ ।

प्रदिप अहिले चलचित्र ‘रोजी’को छायांकनमा व्यस्त छन् भने यसपछि उनले गोविन्दको चलचित्र गर्नेछन् । यसैले पनि यूवास्टार प्रदिप खड्कासँग यसपटक पनि झरना र सुनिलको काम गर्ने अवसर जुरेन । यसअघि चलचित्र ‘ए मेरो हजुर २’का लागि पनि प्रदिपलाई अफर गरिएको थियो । तर, प्रदिपले यो चलचित्रमा काम गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment