Comments Add Comment

चलचित्र पत्रकारिता सम्मान र पुरस्कार वितरण


चलचित्र पत्रकार संघ, नेपालले काठमाण्डौमा एक भव्य कार्यक्रमको आयोजना गर्दै यस बर्षको ‘चलचित्र सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ । संघले आफ्नो १९ औं बाषिर्कोत्सवको अवसर पारेर चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

सूचना तथा संचार राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा २ पत्रकारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा, पत्रकार ध्रुव लम्साल र दयाराम पाण्डे छन् । उनीहरुलाई सम्मानपत्र, ट्रफीले सम्मानित गरिएको हो ।

यस्तै, यो बर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकारद्धय लक्ष्मण सुवेदी र सन्ध्या थापालाई पुरस्कृत गरियो । उनीहरुलाई, नगद २१ हजार, सम्मानपत्र, ट्रफीबाट सम्मानित गरिएको थियो ।

यस्तै, गतबर्षदेखि चलचित्र पत्रकार संघले सुरुवात गरेको ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट पत्रकार मनिष दाहाललाई पुरस्कृत गरिएको थियो । उनलाई, ल्यापटम, ट्रफी प्रदान गरियो ।

कार्यक्रममा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती थियो । नायिका करिश्मा मानन्धर, झरना थापा, केकी अधिकारी, रीमा विश्वकर्मा, वेनिशा हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, करिश्मा श्रेष्ठ लगायत कार्यक्रममा पुगेका थिए । यस्तै, नायक रमेश उप्रेती, सलोन बस्नेत पनि कार्यक्रममा पुगे । यस्तै, विभिन्न संघसंस्थाका अध्यक्ष, निर्देशक, निर्माता, प्राविधकहरु कार्यक्रमा उपस्थित थिए ।

कार्यक्रममा चलचित्र पत्रकार संघ, नेपालका संस्थापक अध्यक्ष भरत शाक्य, पूर्व अध्यक्ष विदुर गिरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले पत्रकारिता पेशालाई मर्यादित बनाउनका लागि चलचित्र पत्रकार संघ सधै नै अग्रसर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment