Comments Add Comment

नेकपा संसदीय दलको बिधान मस्यौदा गर्न कार्यदल गठन

प्रधानमन्त्रीले भने-यो सरकार क्यासिनोका खालमा जितेर बनेको होइन

८ जेठ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बिधान मस्यौदा गर्न भीम रावलको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको दलको बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रका संसदीय दल एकीकरणपछि बिधान बनाउन सो कार्यदल गठन भएको हो ।

कार्यदलमा सांसदहरु देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र रेखा शर्मा सदस्य छन् । सो कार्यदलले १५ दिनभित्र बिधान मस्यौदा बुझाउनेछ ।

संसदीय दलको बैठकमा सांसदहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा छुटेका कतिपय विषयमा विज्ञताका आधारमा सांसदहरुले संसदमा सरकारलाई सुझाव दिन सक्ने बताए ।

ओलीले यो सरकार क्यासिनोको खालमा जितेर आएको नभई हजारौंको रगत र लाखौंको पसिना बगेर आएकाले जनताको सम्बृद्धि बाहेक अरु सोच्न नसकिने बताए ।

प्रधानमन्त्रीले सबैखाले सिण्डिकेटको अन्त गर्ने अभियानमा सरकार रहेको बताएको बैठकमा सहभागी सांसद यज्ञराज सुनुवारले जानकारी दिए ।

प्रधानन्त्री ओलीले सुन तस्करी छानविन जारी र अरु गिरफ्तार हुने क्रम पनि जारी रहेको बताएका थिए । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टको बहुमतको सरकारलाई राम्रो काम गर्ने बाहेक अरु छुट नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment