Comments Add Comment

डाँडापारीका वासिन्दाको नागरिकता बनाउन ३ दिन हिँड्नु पर्ने दुःख अन्त्य

९ जेठ, काभ्रे । काभ्रेको विकट डाँडापारिका जनताले अब नागरिकता पाउनकै लागि धुलिखेलसम्म जानु पर्ने बाध्यताको अन्त्य भएको छ । इलाका प्रशासन कार्यालय स्थापनापछि उनीहरुको दुःख अन्त भएको हो ।

नेपाल सरकारले ५ वर्ष डाँडापारि क्षेत्रको घर्तिछापमा इलाका प्रशासन बनाउने निर्णय गरेको भएको पनि लामो स्थान विवादका कारण इलाका प्रशासन कार्यलय सञ्चालन हुन सकेको थिएन् ।

सरकारले तत्कालिन समयमा घर्तिछापमा नै इलाका प्रशासन कार्यालय राख्ने भनेपछि स्थानियले बनंखु चौरमा राख्नु पर्ने माग राख्दै आएका थिए । डाँडापारीको महाभारत गाउँपालिकाको गाउँसभा र स्थानियको मागलार्इ सम्बोधन गर्दै सरकारले ०७५ वैशाख २१ गते इलाका प्रशासन कार्यालय बनखु चौरमा नै राख्ने निर्णय गरेपछि बुधबारबाट इलाका प्रशासन सञ्चालन भएपछि स्थानियहरु हषिर्त भएका छन् ।

बुधबार महाभारत गाउपालिकाले एक कार्यक्रम गर्दै इलाका प्रशासन सुरु गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी र प्रमुख जिल्ला अधिकारीले संयुक्त रुपमा इलाका प्रशासन कार्यालय उद्घाटन गरेका थिए ।

इलाका प्रशासन कार्यालय महाभारतमा बुधबार पहिलो नागरिकता लिने अनिता थिङले खुसिको आशु निकाल्दै भनिन्, मैले १६ वर्षमा लिनु पर्ने नागरिकता आज २० वर्ष हुँदा बल्ल पाएँ । धुलिखेल गएर फर्किदा १ साता लाग्ने भएकाले आजसम्म गएकी थिइन ।

उद्घाटन कार्यक्रममा बोल्दै, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छामान जिम्वाले यस अगाडीका सिडियोले गलत नियत राखेर इलाका प्रशासनमा खेल्ने प्रयास गरेकाले इलाका प्रशासन आउन नसकेको आरोप लगाए ।

उनले भने-तर हामीले एउटा युद्ध नै जितेका छौं, हामीले एउटा सपना पूरा गरेका छौ । अब डाडापारी क्षेत्रका स्थानियले जिल्ला प्रशासनबाट पाउने सेवा सुविदा सबै इलाका प्रशासन कार्यालयबाट पाउने छन् ।

इलाका प्रशासनबाट नागरिकता, राहदानी, विवाह दर्ता, संघ संस्था दर्ता लगायतका सेवा उपलब्ध हुने छ ।

कर्मचारी अभाव, भवन छैन् टहरामा चल्छ प्रशासन

विकट डाडापारीमा बुधबारबाट २० हजार भन्दा बढी जनसंख्यालाई सेवा दिने उदेश्यका साथ सुरु भएको इलाका प्रशासन कार्यालयलाइ भवन तथा कर्मचारी अपुग भएको महाभारत गाउपालिकाकी उपप्रमुख चेतकुमारी माझिले बताइन् ।

इलाका प्रशासन कार्यालयमा हाल ७ जनाका दर्वन्दी रहेपनि ३ जना भन्दा कर्मचारी नहुदा काम व्यवस्थापनमा भ्याइ नभ्याइ हुन्छ, इलाका प्रशासन कार्यालयका प्रमुख झपेन्द्र खरेलले भने, भवन र कर्मचारी दुवै अभाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment