Comments Add Comment

दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प

फिल्म ‘दबंग ३’ का लागि बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ज्यान साटसुट घटाएकी छिन् । एकैचोटि ३५ किलो तौल घटाएपछि उनी अहिले मुठ्ठीभरीकी देखिन्छिन् ।

इन्स्टाग्राममा सोनाक्षीले पोष्ट गरेको पछिल्लो फोटो हेरेर मानिसहरु छक्क परे । उनी लामो समयदेखि गुपचुपरुपमा आफ्नो तौल घटाउने चक्करमा लागेको कसैलाई थाहै थिएन ।

सोनाक्षी फिल्ममा आउनुभन्दा अगाडि असाध्यै मोटी थिइन् । फिल्म खेल्नकै लागि उनले बडो मिहिनेत गरेर आफ्नो ज्यान बनाइन् ।

९० किलो वजन भएकी सोनाक्षी डेब्यू फिल्म ‘दबंग’ का लागि करिब ३० किलो घटेर ६० किलोमा झरेकी थिइन् । तैपनि उनी अन्य नायिकाभन्दा केही मोटी नै देखिन्थिन् ।

अहिले फेरि दबंग ३ का लागि सोनाक्षी थप दुब्लाएर झिरिप्प भएकी छिन् । यो फिल्ममा सलमान खानको अपोजिटमा सोनाक्षी हुने कुरा केही समयअघि निर्देशक अरबाज खान र प्रोड्यूसर प्रभु देवाले कन्फर्म गरेका थिए ।

सोनाक्षी अहिले सिस्टमेटिकरुपमा वर्कआउट गर्छिन् । दैनिक जिम जान्छिन् र थोरै खाना खान्छिन् । पहिले उनले आफू दुब्लाउनुको श्रेय सलमान खानलाई दिने गरेकी थिइन् । यसपाली पनि सलमानकै फिल्मका लागि उनी थप दुब्ली भएकी हुन् ।

सोनाक्षी भन्छिन्, ‘मैले एक्सरसाइज गर्न थालेपछि कहिल्यै पनि आफू तौल चेक गरिनँ । बिस्तारै बिस्तारै दुब्लाउँदै गएको महसुस हुन थाल्यो ।’

वजन  मगर्नका लागि उनले शाहिद कपुर नामका ट्रेनरलाई हायर गरेकी थिइन् । उनले कार्डियो एक्सरसाइज साइकलिङ, स्विमिङ, टेनिस, जिम, हट योगा आदी गरिन् ।

इन्टरनेटमा उपलब्ध जानकारी अनुसार सोनाक्षीको डाइट प्लान यस्तो छः

ब्रेकफास्टः दूध, गहूँको टोस्ट

मिड मर्निङः ड्राई फ्रुट्स, ग्रीन टी

लन्चः रोटी, तरकारी र सलाद

बेलुकीः फ्रुट्स र ग्रीन टी

डीनरः दाल तडका, तरकारी चिकन, फिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment