Comments Add Comment

सातामा २१ अकंले घट्यो नेप्से, कारोबार रकम ७७ प्रतिशतले बढ्यो

१२ जेठ, काठमाडौं । नेप्से परिसूचक यो सातामा २०.९७ अकंले घटेर १ हजार ३ सय १८.२२ अंक कायम भएको छ । नेप्से परिसूचकसँगै सेयर बजारमा कारोबार समेत बढेेको देखिएको छ ।

नेप्सेले जनाएअनुसार यस साता एक अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरका सेयर खरिद विक्री भएको छ । गत साता भने एक अर्ब आठ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएको थियो । यसरी हेर्दा गत साताको तुलनामा यो साता कारोबार रकम ७७.७१ प्रतिशतले बढेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८३ कम्पनीहरुको कारोबार भएको छ । यस्ता कम्पनीको ४१ लाख ३७ हजार चार सय ३० कित्ता सेयरहरु १९ हजार ७ सय १३ पटक खरिद विक्री भएको छ । गत साता भने १ सय ७६ कम्पनीको २३ लाख २९ हजार चार सय ४० कित्ता सेयर १४ हजार २६ पटक कारोबार भएको थियो ।

त्यसैगरि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ४.३७ अंकले घटेर २ सय ७७.८९अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment