Comments Add Comment

आईएमई जनरल इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता

१३ जेठ, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रवन्धक पवन थापा र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबाट नगदरहित उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।

सो अवसरमा ओम हस्पिटलका प्रबन्ध निर्देशक थापाले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले सेवाग्राहीलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गर्न उत्प्रेरित गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment