Comments Add Comment

खप्तडमा हनिमुन मनाउनेलाई तीन हजार पुरस्कार

१३ जेठ, अछाम । पर्यटकीय क्षेत्र खप्तडमा नवविवाहित जोडिले हनिमुन मनाउन गएमा साँफेबगर नगरपालिकाले तीन हजार पुरस्कार प्रदान गर्ने भएको छ ।

खप्तडमा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि उक्त नगरकार्यपालिकाको बैठकले खप्तड घुम्न जाने नवविवाहत जोडीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । तर, यो पुरस्कार अछामका नागरिकलाई मात्रै प्रदान गरिने मेयर कुलबहादुर कुँवरले जानकारी दिए ।

‘वैशाख १ पछि विवाह गरेका प्रत्येक जोडिलाई तीन हजार दिने निर्णय गरेका छौं,’ मेयर कुँवरले भने । नवविवाहित जोडीले विवाह दर्ताको प्रतिलिपिसहित उक्त नगरपालिकामा निवदेन दिनुपर्ने छ ।

अन्य जिल्लामा बासिन्दा भइ हाल अछाममा सरकारी वा गैरसरकारी क्षेत्रमा काम गरिरहेका वैशाख यता विवाह गरेको भनी सम्बन्धित कार्यालय वा संस्थाको सिफारिस पत्रसमेत पेश गर्नुपर्ने छ ।

तीन जनाको नवविवाहित जोडी तयार भएमा मात्र गाइडले खप्तडमा घुमाउन लैजाने मेयर कुँवरले जानकारी दिए ।  एउटा बाटोबाट लिएर अर्को बाटोबाट नव जोडिहरुलाइ फर्काउने गरी योजना रहेको बताइएको छ ।

नगरपालिकाले खप्तड जाने पर्यटकको सुविधाका लागि २० जना पथप्रर्दशक तयार पारेर परिचालन गर्ने तयारी गरेको मेयर कुँवरले बताए । नगर क्षेत्रमा रहेका अन्य पर्यटनस्थलमा कार्यपालिकाको बैठक गर्ने र त्यसको योजना बनाउने तयारी पनि गरिएको छ ।

साँफेबगरबाट जिपमा देविस्थान पुगेर त्यहाँबाट केही घण्टा हिँडेर खप्तड पुग्न सकिन्छ । अछामको खप्तडमा होमस्टेको समेत व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment