Comments Add Comment

कर्णालीको बजेट कार्यान्वयन गर्न माग

१४ जेठ, सुर्खेत । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यले तत्काल बजेट कार्यन्वयन गर्न माग गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै अधिकांश प्रदेशसभा सदस्यले सरकारले ल्याएको बजेटलाई यथाशीघ्र कार्यन्वयन गर्न माग गरेका हुन् ।

प्रदेशसभा सदस्य पदमबहादुर रोकायले आफैंले ल्याएको बजेटलाई कार्यान्वयन गर्न सरकारले गति नलिएकाले तत्काल बजेट कार्यन्वयन गर्न माग गरे । सदस्यलाई अहिलेसम्म पनि बजेटको रातो किताब नदिएको भन्दै तत्काल रातो किताब उपलब्ध गराउन आग्रह गरे ।

“गाँउमा नागरिकले योजना खै भनेर सोध्छन्, यहाँ सरकारले रातो किताबसम्म दिएको छैन, कसरी जनतालाई कुन योजना पर्यो भनेर भन्ने समस्या भएको छ”–उनले भने ।

यस्तै प्रदेशसभा सदस्य पद्मा खड्काले गाउँमा जनता बजेटको पर्खाइमा रहेको भन्दै बजेटको कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे । बजेट कार्यान्वयन नहुँदा बाढीपीडित सबैभन्दा बढी मर्कामा पर्ने भएकाले तत्काल कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठले कर्णाली प्रदेशका सबै जिल्लामा हवाई सेवा सञ्चालन गर्न सरकारसँग आग्रह गरे ।

कर्णालीको नाम मेटनु आपत्तिजनक 

कर्णाली प्रदेशको नामाकरण गरेको लामो समय भइसक्दा पनि ६ नम्बर प्रदेश लेखिएकामा प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन् । संघीय सरकारका गृहमन्त्री तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी भएको प्रदेश सुरक्षा गोष्ठीमा कर्णाली प्रदेशको नाम हटाएर ६ नम्बर प्रदेश लेखिएमा उनले आपत्ति प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment