Comments Add Comment

प्यूठानमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरसहित)


१५ जेठ, प्यूठान । प्यूठानमा ११ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरेर मनाइएको छ ।

११ औं गणतन्त्र दिवसको अवसरमा प्यूठानमा मल्लरानी वाकाथुन गरिएको छ । मल्लरानी गाँउपालिकाले जिल्ला सदरमुकाम खलंगादेखि पर्यटकीय क्षेत्र मल्लरानीसम्म पैदल यात्रा कार्यक्रम गरेको हो ।

पैदल यात्रामा स्थानीयवासी, जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यसहित जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेसँगै सरकारी तथा गैरसरकारी निकायका कर्मचारीको सहभागिता छ ।

मल्लरानीको पर्यटन प्रबद्र्धनका लागि दिवसको अवसर पारेर पैदल यात्रा कार्यक्रम गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।

पैदल यात्राको क्रममा स्थानीय कला संस्कृति झल्कने भेषभुषासहित झाँकी प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment