+
+

विमा कम्पनीले २० प्रतिशत पुनर्विमा स्वदेशमै गराउनुपर्ने, करोडौ‌ं रकम बाहिरनबाट जोगिने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १५ गते २०:०४

१५ जेठ, काठमाडौं । विमा कम्पनीहरुले विमा लेखाङ्कको २० प्रतिशत रकम अनिवार्य रुपमा स्वदेशी पुनर्विमा कम्पनीमा नै जम्मा गर्नुपर्ने भएको छ ।

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा गरिएको यस्तो व्यवस्थाले पुनर्विमाका लागि देशबाट बाहिरिने करोडौं रकम स्वदेशमै रोकिने भएको छ ।

केही  समयअघि विमा समितिको ५० औं वाषिर्कोत्सवको कार्यक्रममा अर्थमन्त्री खतिवडाले पुनर्विमा बापत ठूलो रकम बाहिरिएको भन्दै यसलाई रोक्ने बताएका थिए । ‘विमा घाटा’ को रुपमा अथ्र्याउँदै उनले देशकै पुनर्विमा कम्पनीलाई बलियो बनाउनेसमेत बताएका थिए ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले उल्लेख्य मात्राको रकम स्वदेशको पुनर्बिमा कम्पनीमा विमा गराउनुपर्ने भनेर उल्लेख गरिएको थियो ।

तर के कति मात्रामा भनेर उल्लेख नगरिएका कारण विमा कम्पनीहरुले अहिले ५ देखि ७ प्रतिशतमात्रै स्वदेशमा पुनर्विमा गराउँदै आएका थिए । तर अब भने विमा लेखाङ्कको २० प्रतिशत रकम अनिवार्य रुपमा स्वदेशमै पुनर्विमा गराउनुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?