+
+

धोबीखोलाको बिजुलीबजार क्षेत्रमा सफाइ (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १५:४०

६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिजुलीबजार पुल क्षेत्रमा धोबीखोला सरसफाइ गरेको छ ।

वर्षाको बेला पानीको बहाव नथुनियोस् र खोला क्षेत्र पनि सफा देखियोस् भन्ने उद्देश्यले सफाइ गरिएको हो । पहिलो चरणमा खोलाबाट प्लास्टिकजन्य नकुहिने फोहोर र दुवै किनारबाट झारपातहरु हटाउने काम भइरहेको छ । दोस्रो चरणमा सम्बन्धित वडाहरुले खोलाबाट माटो निकाल्ने तयारी छ ।

बाढी आउँदा खोला किनारका वस्ती डुब्ने भएकाले माटो पनि निकाल्ने तयारी भइरहेको १० नम्बर वडाका अध्यक्ष रामकुमार केसीले जानकारी दिए । ‘काठमाडौं महानगरपालिकाले झारपात हटाइसकेपछि हामीले माटो निकाल्छौं, त्यो काम केही दिनभित्रै हुन्छ,’ वडाअध्यक्ष केसीले भने ।

१० नम्बर वडा कार्यालयले धोबी खोलाबाट निकालिने माटोलाई भद्रा घले सेवा सदनको संरचना हटाइएको क्षेत्रमा रहेको खाल्डो पुर्न प्रयोग गर्ने सोच बनाइएको वडाध्यक्ष केसीले बताए ।

तस्वीर : रघुनाथ बजगाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?