+
+
Shares

आँधीखोलाका ढकाल बने गण्डकी प्रदेशकै कान्छो पालिका सभापति

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको आँधीखोला गाउँपालिका सभापतिमा २९ वर्षीय अनिल ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।
  • ढकाल गण्डकी प्रदेशकै सबैभन्दा कान्छो पालिका सभापति बनेका छन् ।
  • उनले पुराना पुस्ताको मार्गदर्शन र नयाँ पुस्ताको जोशलाई एकाकार गर्ने बताए ।

१० असोज, स्याङ्जा । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत स्याङ्जाको आँधीखोला गाउँपालिका सभापतिमा अनिल ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।

उनी उमेरका हिसाबले गण्डकी प्रदेशकै सबैभन्दा कान्छो पालिका सभापति बन्न सफल भएका छन् । २९ वर्षीय ढकाल गत बुधबार सम्पन्न गाउँपालिका अधिवेशनबाट सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।

कक्षा ९ मा पढ्दा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका ढकालले २०६७ साल कात्तिक २६ गते पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाबाट पार्टी सदस्यता लिएका थिए ।

गाउँपालिका कार्यसमिति सभापतिमा सर्वसम्मत चयन भएका ढकालले पुराना पुस्ताको मार्गदर्शन र नयाँ पुस्ताको जोशलाई एकाकार गर्ने बताए ।

आँधीखोलामा पार्टी संगठनलाई थप सुदृढ, प्रविधिमैत्री र जनताको वास्तविक भरोसायोग्य बनाउन निरन्तर समर्पित रहने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?