१०, असोज, काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा पर्ने डुकी जिल्लामा हतियारधारी समूहले एक निर्माण कम्पनीको क्याम्प (शिविर)मा आक्रमण गरेको छ ।
आक्रमणमा परी एक निजी सुरक्षा गार्डको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आक्रमणकारी समूहले १२ जना मजदुरलाई अपहरण गरेर लगेको बीबीसीले जनाएको छ ।
डुकी प्रहरी प्रमुख मन्सुर अहमद बुजदारले ३० भन्दा बढी हतियारधारीले सडक निर्माण कम्पनीको साइटलाई निशाना बनाएको बताएका छन् ।
प्रहरीका अनुसार आक्रमणका क्रममा कम्पनीका चार सवारी साधनमा आगनजी गरिएको छ ।
डुकी जिल्ला बलुचिस्तानको राजधानी क्वेटाबाट झण्डै ३१५ किलोमिटरको दूरीमा पर्छ । उक्त जिल्लामा लामो समयदेखि छिटपुट हिंस्रक घटनाहरू हुँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4