१० असोज, कञ्चनपुर । कञ्चनपुरमा लगातारको वर्षाले नदी आसपासका बस्तीमा जोखिम बढेको छ । जोखिम बढेसँगै दोधारा–चाँदनी नगरपालिका–८ जोगबुडा नदीको किनारमा रहेको जर्का टोलका १० परिवार घर छाडेर सुरक्षित स्थानमा सरेका छन् ।
उनीहरू सरसामानसहित जनज्योति माध्यमिक विद्यालयमा आश्रय लिन पुगेका हुन् । दुई दिनदेखि लगातार वर्षा भएपछि जगबुडा नदी आसपासका बस्तीमा जोखिम बढेको हो ।
यसअघि दोधारा–चाँदनी नगरपालिका–३ पटेराखल्लाका १४ परिवार पनि वडा कार्यालय र जमुना आधारभूत विद्यालयमा सरेका थिए ।
प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार भारी वर्षाका कारण महाकाली, जोगबुडा, चौधर, सुनवरा, दोदा, भुजेला, झरनाखोला, अनखोलालगायतका नदी तथा खोलामा जलसतह बढेको छ ।
‘सम्भावित जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुरमा आवश्यक तयारी गरेका छांै,’ प्रजिअ कोइरालाले भने ।
प्रतिक्रिया 4