+
+
Shares

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेकाले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
  • सूचना अधिकारी अविनाश थापामगरका अनुसार नारायणी, राप्ती र रिउ नदी तथा साना खोलामा पानीको बहाव बढ्ने, बाढी आउने र नदी कटान हुने जोखिम छ।
  • निकुञ्जले कर्मचारी, उपभोक्ता समूह, समुदाय र पर्यटकलाई मौसमको पूर्वजानकारी लिएर मात्र आवतजावत गर्न र जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध गरेको छ।

१० असोज, नारायणगढ (चितवन) । अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर बग्ने नारायणी, राप्ती र रिउ नदीका साथै अन्य साना खोलामा पानीको बहाव उच्च हुने, बाढी आउने, नदी कटान हुने र डुबानको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

निकुञ्जले आफ्ना कर्मचारी, मध्यवर्ती उपभोक्ता समूह तथा समिति, मध्यवर्ती सामुदायिक वन, चोरीशिकार नियन्त्रण गर्ने युवादस्ता, स्थानीय समुदाय तथा निकुञ्ज र मध्यवर्ती क्षेत्र घुम्न आउने पर्यटकलाई मौसमको पूर्वजानकारी लिएर मात्र आवतजावत गर्न तथा आवश्यक सतर्कता र सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ ।

निकुञ्ज प्रशासनले प्रतिकूल मौसमका बेला नदी, खोला र अन्य जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्भावित विपद्को पूर्वतयारीका साथ सुरक्षित रहन विशेष अपिल गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?