Comments Add Comment

विश्वकपको तयारी : लयमा छन् मेसी, हाइटीविरुद्ध हृयाट्रिक

१६ जेठ, काठमाडौं । विश्वकप तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले हराएको छ । जितमा स्टार स्ट्राइकर लियोनल मेसीले हृयाट्रिक गरे ।

बुधबार बिहान भएको खेलमा विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनाका लागि अर्को गोल सर्जियो अग्युरोले गरेका हुन् । उनले गरेको गोलमा पनि उत्कृष्ट पास मेसीले नै मिलाएका थिए ।

मेसीले खेलको १७ औं मिनेटमा पाएको पेनाल्टीमार्फत पहिलो गोल गरे । उनले ५८ र ६६ औं मिनेटमा गोल गरी हृयाट्रिक पूरा गरे । अग्युरोले ६९ औं मिनेटमा गोल गर्दै टिमलाई ४-० को जित दिलाए ।

अर्जेन्टिना मेसीकै हृयाट्रिकको सहयोगमा विश्वकपका लागि छनौट भएको थियो । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत अन्तिम खेलमा इक्वेडरविरुद्ध मेसीको हृयाट्रिकमा अर्जेन्टिनाले रुस यात्रा तय गरेको थियो ।

विश्वकपका लागि अर्जेन्टिना समूह ‘डी’ मा छ । जसमा आइसल्याण्ड, क्रोयसिया र नाइजेरिया छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment