Comments Add Comment

हँसिली सन्ध्या, बोल्ड तमन्ना


नायिका सन्ध्या केसी चलचित्र ‘पण्डित बाजेको लौरी’बाट आशावादी र उत्साहित दुबै छिन् । यो चलचित्रमा उनी बदिनीको भूमिकामा छिन् । पण्डित र बदिनीविचको सम्बन्धको कथालाई चलचित्रले उठान गरेको छ ।

सन्ध्या यो चलचित्रको गीत सार्वजनिक कार्यक्रममा उपस्थित भइन् । पत्रकार सम्मेलनमा उनले पत्रकारका हरेक प्रश्नको जवाफ दिएकी थिइन् ।
चलचित्रमा आएको केही बर्ष भैसक्दा पनि सफलता चुम्न नसकेकी सन्ध्या ‘पण्डित बाजेको लौरी’ चल्नेमा ढुक्क छिन् ।

यस्तै, चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’बाट नव-नायिका तमन्ना केसी चलचित्र क्षेत्रमा आउँदैछिन् । यो चलचित्रको ट्रेलरमा उनलाई खासै स्थान त दिइएको छैन । तर, चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा भने उनी सबैको ध्यान खिच्न सफल भइन् । अर्की नायिका मलिना जोशीको अगाडि तमन्ना बोल्ड देखिइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment