+
+

मोरङको बुधबारेमा आगलागी, ३ लाख मूल्य बराबरको सम्पत्ति जलेर नष्ट

रासस रासस
२०७५ जेठ २० गते ९:४७
फाइल तस्वीर

२० जेठ, विराटनगर । मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको रु तीन लाख मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ ।

सो आगलागीबाट कुमार थापाको काठ र टिनले बनेको दुईतले घर, घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

स्थानीय, प्रहरी र दमकलको मद्दतले आगलागी नियन्त्रणमा आएको थियो । विद्युत् सर्ट भएर सो आगलागी भएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?