+
+

फिल्म सेमिनारका लागि सुभाष घई नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २० गते १०:३१


काठमाण्डौको अन्नपूर्ण होटलमा चलचित्र सम्बन्धी सेमिनार सुरु भएको छ । काठमाण्डौको मैतिदेवीमा अवस्थित कान्तिपुर फिल्म एकेडेमी र मुम्बइको चर्चित फिल्म स्कुल ‘विस्लिङ्ग उड इन्टरनेशनल’को संयुक्त आयोजनामा सहभागी हुनका लागि बलिउडका चर्चित निर्देशक सुभाष घई, लेखक अन्जुम राजाबली र निर्देशक घइको टिम नेपाल आएको हो ।

सुभाष घइले नेपाली चलचित्र मनिषा कोइरालालाई चलचित्र ‘सौदागर’बाट बलिउडमा प्रवेश गराएका थिए । यो कार्यशालामा विशेषगरि, मिडिया नलेज, कथा लेखन, मोबाइल फिल्म मेकिङ र फेसन डिजाइनको बिषयलाई स्थान दिइनेछ ।

यो वर्कशपमा निर्देशक घइ, लेखक अन्जुम राजाबली, फेसन डिजाइनर निशा चन्दा, फिल्म मेकर रविना नाज्की तथा मुक्ता आर्टस्का प्रमुख राहुल पुरी र नेपालबाट दिनेश डीसी सहभागी हुँदैछन् ।

आज दिनभर चल्ने वर्कशपले नेपाली चलचित्र, फेशन र मिडियालाई अझ विस्तारित बनाउने विश्वास लिइएको कान्तिपुर एकेडेमीका सीइओ प्रकाश पुरीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?