Comments Add Comment

साहरुखको ‘स्यालुट’मा करिना फाइनल, दीपिका बाहिरिइन्


बलिउडका सुपरस्टार नायक साहरुख खान अहिले चलचित्र ‘जीरो’को छायांकनमा व्यस्त छ । यो चलचित्रको छायांकन अहिले अमेरिकामा भैरहेको छ । २५ करोडको भव्य सेटमा यो चलचित्रको छायांकन भैरहेको छ ।

साहरुखले यो चलचित्रको छायांकन नसकी अर्को चलचित्रको बारेमा केही पनि नबोल्ने बताएका छन् । तर, उनले नयाँ चलचित्र ‘स्यालुट’मा काम गर्न लागेको खबर भारतीय मिडियामा लामो समयदेखि चर्चामा छ ।

यो चलचित्र राकेश शर्माको बायोपिकमा आधारित छ । राकेश भारतका पहिलो व्यक्ति हुन् जो मंगल ग्रहमा पुगेका थिए । उनकै बायोपिकमा यो चलचित्र बन्न लागेको हो ।

चलचित्रमा साहरुखले राकेशको भूमिका निर्वाहा गर्दैछन् । चलचित्रका लागि नायिकाको नाम भने लामो समयदेखि चर्चामा छ । चलचित्रका लागि नायिका दीपिका पादुकोणलाई अफर गरिएको थियो ।

तर, दीपिकाले यो चलचित्रमा काम गर्न मन नदेखाएपछि अहिले अर्की नायिका करिना कपुरलाई फाइनल गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रमा करिनाले साहरुखकी श्रीमतिको भूमिका निर्वाहा गर्नेछिन् । चलचित्रको छायांकन अक्टुबरदेखि सुरु हुनेछ । साहरुखले चलचित्र ‘जीरो’का लागि समय लगाएपछि यो चलचित्रको छायांकन पछि सरेको हो ।

चलचित्रको रिलिज मिति पक्का गरिएको छैन । तर, नायक सलमान खानको चलचित्र ‘किक २’को रिलिज मिति सन् २०१९ को क्रिसमसबाट पोष्टपोन्ड हुने संभावना रहेकाले साहरुखले यो मितिमा ‘स्यालुट’ रिलिज गर्ने संभावना रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment