Comments Add Comment

हेटौंडा कपडा उद्योग चलाइन्छ, नयाँ मेसिन ल्याइन्छ : प्रधानमन्त्री

निजी क्षेत्रलाई पनि सहभागी गराइने

२१ जेठ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडाको कपडा कारखाना सञ्चालन गर्ने बताएका छन् ।

प्रदेशसभा ३ को बैठकलाई सोमबार संबोधन गर्दै उनले नयाँ मेसिन ल्याएर कपडा उद्योग चलाउने बताएका हुन् । ‘हेटौंडा कपडा उद्योग चलाइन्छ, त्यसका लागि नयाँ मेसिन ल्याइन्छ’ उनले भने ‘यसमा प्राइभेट सेक्टर (निजी क्षेत्र) पनि ल्याइन्छ ।’

उनले कपडा उद्योग सरकारले मात्र चलाउँदा त्यसले प्रतिफल नदिने बताए । ‘सरकारी मात्र भयो भनेे घाँस हाल्ने कोही हुँदैन दूध खाने मात्र हुन्छ’ उनले भने ।

प्रधानमन्त्री ओलीले नेपालमा सिमेन्ट उत्पादन गरेर भारत निर्यात गर्न सकिने बताए । भारतका धेरै राज्यमा चुनढुंगा खानी नभएकाले मूल्यमा भारतले नेपालसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले दावी गरे ।

‘भारतमा सस्तो सिमेन्ट उपलब्ध गराउन सकिन्छ । भारतका धेरै राज्यमा चु्नढुंगा छैन’ उनले भने ‘भारतले हामीसँग प्रतिस्पर्धा गर्न सक्दैन । किन भने उसँग चुनढुंगा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment