+
+

प्रधानमन्त्रीले भने – विदेशी माछाले नपुंसक बनाउँछ !

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २१ गते १४:१७

२१ जेठ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत विषादीयुक्त माछाका कारण मानिसहरु नपुंसक बन्ने खतरा रहेको बताएका छन्। सोमबार प्रदेश ३ को संसदमा उनले त्यस्ता माछा नखान आग्रह गरे ।

‘हामीलाई लामालामा सिता भएको चामल चाहिन्छ,’ प्रधानमन्त्री ओलीले व्यंग्य गर्दै भने, ‘माछा पनि विदेशी चाहिन्छ । कुहिएका विदेशी माछा नखानुस् नपुंसक बनाउँछ । यसले फेमली प्लानिङ नगरे पनि हुन्छ । त्यही खाए पुग्छ ।’

नेपालमा अर्बौ रुपैयाँको पेय पदार्थ आयात भए पनि ती मानव स्वास्थ्यका लागि हितकारीन नभएको प्रधानमन्त्री ओलीले बताए । उनले देशमै उत्पादन गर्न सक्ने सम्भावना भएकोले उत्पादनमा जोड दिन आग्रहसमेत गरेका छन् ।

आफैले उत्पादन गरेको खाने कुरा खान लजाउन नहुने भन्दै प्रधानमन्त्री ओलीले विदेशी चामलको भातलाई मात्र नभइ आफ्नै ठाउँमा उत्पादन भएको पीठोको रोटी र तरकारीलाई पनि खानाका रुपमा लिनुपर्ने बताए ।

‘हामीले खाने भनेको भात हो । विहान अलिकति भात खाएर खाएको मान्छेले खाना खाएर आएको भन्छ तर मज्जाले रोटी र तरकारी खाएर हिँडेको मान्छेले कहिल्यै खाना खाएको भन्दैन’ प्रधानमन्त्री ओलीले भने ।

स्थानीय उत्पादनलाई जाँड बनाउन मात्रै प्रयोग नगरी सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?