Comments Add Comment

पप्ली अब नयाँ फ्लेवरमा


२१ जेठ, काठमाडौं । चितवनको यूनाईटेड बेभरेज प्रालिले  नयाँ फ्लेबरमा जुस उत्पादन  शुरु गरेको छ । कम्पनीले बिगत ५ बर्षदेखि आफ्ना पप्ली ब्राण्डका जुसहरु नेपाली बजारमा पुर्‍याउँदै आएको छ ।

उद्योगमा नेपाली व्यबसायीको मात्र नभएर विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको समेत लगानी रहेको छ । शुरुमा म्यांगो र पिंक गभा गरी दुईवटा फ्लेवरबाट शुरु गरिएकोमा पछिल्लो समय उपभोक्ताको मागलाई ध्यानमा राखी थप नयाँ स्वादमा जुस ल्याइएको हो ।

यसैगरी नयाँ ह्याप्पी आवर ब्रान्डमार्फत पनि बजारको मागलाई सम्बोधन गर्न लागिएको छ । यूनाईटेड बेभरेज प्रालिबाट उत्पादित जुस अन्तर्राष्ट्रिय गुणस्तरको भएकोले बिदेशमा निर्यात गर्न सकिने समेत संभाबना रहेको छ ।

कम्पनीबाट प्रत्यक्ष/अप्रत्यक्ष गरी २०० जनाभन्दा बढीले रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment