+
+

मेलबर्नका प्रजातान्त्रिकहरु एकजुट

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २२ गते ११:२०


मेलबर्न । भिक्टोरिया राज्यमा दर्ता भएको नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको प्रथम अधिवेशन हालै मेलबर्नमा सम्पन्न भएको छ ।

दुई सत्रमा चलेको कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथि नेपाली कांग्रेस चितवनका पूर्व सभापति टिकाराम न्यौपाने र बिशिष्ट अतिथि भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन थिए । मेलबर्नस्थित प्राय सबै सामाजिक संस्थाका प्रतिनिधिहरु शुभकामना दिन उपस्थित थिए ।

दोस्रो सत्रमा आर्थिक प्रतिवेदन तथा सांगठनिक प्रतिवेदन प्रस्तुत भए जहाँ अस्ट्रेलियाको तास्मनियाबाहेकका सबै राज्यबाट १५० जनाको उपस्थिति रहेको थियो ।

अधिवेसनले नयाँ कार्यसमिति २५ सदस्यीय बनायो जसको सभापति सुरेश पोखरेल, उपाध्यक्ष बिनित शर्मा, सचिव गणेश पौडेल, सहसचिव गोपाल काफ्ले र कोषाध्यक्षमा बीपी कोइराला छन् । पूर्वसभापति दुर्गा आचार्यलाई सल्लाहकारमा नियुक्त गरिएको छ ।

कार्यसमितिका नवनिर्वाचित सदस्य नारायण काफ्लेले बताएअनुसार यो संस्थाले भिक्टोरियामा नेपाली समुदायको पक्षमा काम गर्नेछ र अस्ट्रेलियन समुदायसँग नेपाली समुदायलाई जोड्ने काम गर्ने छ । उनले यो संस्थाले नेपालमा परोपकारी काम पनि गर्ने बताए ।

नेपालको प्रजातान्त्रिक राजनीतिक सिद्धान्तसँग आफ्नो साइनो रहेको बताउन चाहने यो संस्था २०१३ मा तदर्थ समिति गठन भै सञ्चालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?