+
+

लगानीकर्ताले गरे धितोपत्र बोर्ड घेराउ, आज पनि कारोबार ठप्प पार्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २३ गते ११:०७


२३ जेठ, काठमाडौं । सरकारको पछिल्लो निर्णयमा अापत्ति जनाउँदै सेयरबजार लगानीकर्ताहरुले धितोपत्र बोर्डमा धर्ना दिएका छन् ।

लगानीकर्ताहरुले विभिन्न पुँजीबजार लगानीकर्ता संघको आयोजनामा धितोपत्र बोर्डको कार्यालय, जावलाखेलमा बुधबार बिहान १० बजेदेखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् ।

धर्नाका लागि पुगेका संघका पदाधिकारी, सदस्य तथा लगानीकर्ताहरुलाई प्रहरीले मूलद्वारबाट प्रवेश गर्न रोकेको थियो । प्रहरीले अवरोध गरेपछि लगानीकर्ताहरुले गेटमै बसेर धर्ना दिए ।

हालैमात्रै सरकारले बोनस र हकप्रद शेयरमा अंकित मूल्यलाई आधार मानेर पुँजीगत लाभकर असुल्नु भनेर धितोपत्र बोर्ड, नेप्से तथा सिडिएसीलाई निर्देशन दिएकाे छ ।

यही निर्देशनको विरोधमा सेयर लगानीकर्ताहरू केही दिनयतादेखि लगातार विरोधमा उत्रेका छन् । सोमबार नेपाल स्टक एक्सजेन्ज घेराउ गर्न पुगेका लगानीकर्ताहरु मंगलबार ब्रोकर कार्यालयमा गएर कारोबार ठप्प पारेका थिए ।

लगानीकर्ता संघहरुले यो निर्णयलाई अव्यवहारिक भनेका छन् ।

लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याललका अनुसार बुधबार पनि प्रत्येक ब्रोकर कार्यालायमा गएर कारोबार रोक्ने र धर्ना दिने उनीहरुको योजना छ ।

आन्तरिक राजस्व विभागले जारी गरेको पत्रले आमल लगानीकर्ताको भावनामा गम्भीर असर पार्नुका साथै करको सर्वमान्य सिद्धान्तलाई नै अपमान गरेको उनीहरुको ठहर छ ।

आन्तरिक राजस्व विभागले बोनस र हकप्रद शेयरमा अंकित मूल्यलाई आधार मानेर पुँजीगत लाभकर असुल्नु भनेर धितोपत्र बोर्ड, नेप्से तथा सीडीएसीलाई निर्देशन दिएको थियो । सरकारको यो निर्णयले पुँजी बजारलाई निरुत्साहन गर्ने अर्याल बताउँछन् ।

लगानीकर्तारुले अब लगानीकर्ताको खरिद मूल्यमा हकप्रद र बोनस शेयरको मूल्यलाई जोडी औसत मूल्य कायम गरी सो रकमममा ७.५ प्रतिशत अन्तिम कर निर्धारण गर्न सरकारसँग अनुरोध गरेका छन् । यसअघि सरकारले ५ प्रतिशत कर लिँदै आएको थियो । तर बजेटमार्फत सरकारले कर बढाएर ७.५ प्रतिशत पुर्याएको छ ।

बजेट सार्वजनिक भएको केही दिनपछि आन्तरिक राजस्व विभागले पुनः अर्काे निर्णय गर्याे । जसको विरोधमा सोमबारदेखि लगानीकर्ता आन्दोलित बनेका हुन् ।

यसअघि अर्थमन्त्रालयले आधार मूल्य तय गरिदिएको थियो । त्यही अनुसार पुँजीगत लाभकर गणना हुन्थ्यो । तर अब भने बोनस र हकप्रदलाई १ सय रुपैयाँ मानेर गणना गर्न निर्देशन दिएको छ ।

अहिले आन्तरिक राजस्व विभागले पहिलेको विधिलाई बिस्थापित गरेर नयाँ परिपत्र जारी गर्याे । अब भने हकप्रद र बोनस शेयर दुवैको मूल्य १ सय गणना हुन्छ । घाटामा पनि लाभकर तिर्नुपर्ने गरी सरकारले नयाँ व्यवस्था गरेका लगानीकर्ताहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?