Comments Add Comment

डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर , अप्रिय हल्लाले परिवार पीडामा

२६ जेठ, काठमाडौं । क्यान्सरबाट पीडित उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर रहेको उनकी श्रीमती मधुले बताएकी छन् । गएराति अचानक उनीबारे अप्रिय हल्ला फैलिएको थियो ।

तर, डा. देवकोटाकी श्रीमती मधुले भनिन्, ‘उहाँ हामीसँगै हुनुहुन्छ । राति जे जस्तो हल्ला फैलियो त्यो सत्य होइन ।’

पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको काठमाडौंको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बसन्त देवकोटाका अनुसार डा. उपेन्द्रलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । तर डा. देवकोटालाई अहिले पनि आईसीयुमै राखिएको ।

उनलाई बेलाबेलामा रोगले च्याप्ने र बेलाबेलामा सुधार भएको जस्तो देखिने गरेको छ । तर, शुक्रबार बेलुकीदेखि उनीबारे अप्रिय कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि परिवार पीडामा छ ।

न्यूरो अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै देवकोटाबारे सामाजिक सञ्जालहरुमा सम्प्रेषित खबरमा कुनै सत्यता नरहेको र उनको अहिले सघन उपचार भइरहेको प्रष्ट पारेकाे छ ।

पित्तथैलीमा समस्या आएपछि पाँच महिनाअघि देवकोटा बेलायतमा उपचार गर्न गएका थिए । क्यान्सर पुष्टि भएपछि नेपालमै उपचार गर्ने इच्छा व्यक्त गर्दै गत वैशाखमा उनी नेपाल फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment