Comments Add Comment

ललितपुरको एकान्तकुनामा बस दुर्घटना, ४ जना घाइते


२६ जेठ, ललितपुर । ललितपुरको एकान्तकुनामा शनिबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

कलंकी–भक्तपुर रुटमा चल्ने चल्ने मध्य उपत्यकाको बा ४ ख ३८ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

बिहान ६ बजे भएको दुर्घटनामा घाइते भएका ४ जना मध्ये ३ जनाको अल्कामा र १ जनाको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक सम्पर्कविहीन रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  दुर्घटनाको कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment