Comments Add Comment

‘नेकपाको जिल्लास्तरको एकता तीन महिनाभित्र’


२७ जेठ, दाङ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का जिल्लास्तरको एकता अबको तीन महिनाभित्र सकिने एक नेताले बताएका छन् । एकताको संरचनाबारे टुंगो पनि लागिसकेको ती नेताको भनाइ छ ।

नेकपाका नेता एवम् पूर्वमन्त्री टेकबहादुर बस्नेतले भने, ‘जिल्लामा पार्टीको संरचना कस्तो बन्ने भन्ने कुराको टुंगो लागिसकेको छ, अब त्यही अनुसार प्रदेश इञ्चार्ज र संयोजकले गृहकार्य अगाडि बढाउनुहुन्छ ।’

दाङको तुलसीपुरमा आइतबार बिहान आयोजित साक्षात्कारमा बस्नेतले सो जानकारी दिएका हुन् ।

तत्कालीन एमाले र माओवादीबीच जेठ ३ गते एकीकरण घोषणा गरिएको थियो । केन्द्रमा एकता भए पनि तल्लो तहसम्म अझै एकता भइसकेको छैन ।

बस्नेतले मुलुक समृद्धिको मार्गमा एक कदम अघि बढिसकेको पनि बताए । नयाँ संरचनाअनुसार तीनै तहको सरकार गठन भइसकेको र कम्युनिष्टको सरकार भएकाले देश अब समृद्धिको मार्गमा अघि बढिसकेको बताए ।

‘बिगतका सरकार अस्थिर हुने भएकाले एउटा सरकारले गरेको काम अर्को सरकारले उल्टाउने प्रवृत्ति थियो,’ उनले भने, ‘तर अब पाँच वर्षमा कम्युनिष्टको स्थिर सरकार हुने भएकाले बिकास र समृद्धिको मार्गमा मुलुक अघि बढ्छ ।’

समृद्ध नेपाल निर्माणका लागि तत्कालीन एमाले र माओवादीबीच एकता भएको जानकारी पनि उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment