+
+

पर्यटक ठग्ने ३ ट्राभल एजेन्सीमा शिलबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २८ गते १८:२८

२८ जेठ, बुटवल, । नेपाल-भारत सीमाक्षेत्र रुपन्देहीको बेलहियामा रहेका केही ट्राभल एजेन्सीहरुले पर्यटकहरु ट्राभल एजेन्सीको नाममा ठगी गरेको खुलासा भएको छ ।

उक्त क्षेत्रमा रहेका ट्राभल एजेन्सीहरुमा अनुगमन गर्दा दर्ता नै नभएका ट्राभल एजेन्सीहरुले पर्यटकहरुलाई ठग्ने गरेको खुलेको हो ।

कुनै पनि आधिकारिक निकायमा दर्ता नगरी वा अन्य शहरमा दर्ता गराइ गैरकानूनी रुपमा एजेन्सी खोलेका ३ वटा ट्राभल एजेन्सीलाई अनुगमन समितिले शिल समेत गरेको छ ।

जिल्ला अनुगमन समितिले ट्राभल एजेन्सीहरुको अनुगमन गर्दा बेलहियामा रहेका विनचेष्टर ट्राभल एण्ड टुर्स प्रालि, महाराजा ट्राभल्स एण्ड ट्रेकर्स र लिंक एब्रोड टुर्स एण्ड ट्राभल्समा अनुगमन समितिले ताला लगाएको छ ।

बेलहियामा रहेका केही ट्राभल एजेन्सीहरुले ठगी गरेका, दर्ता बिना नै सञ्चालन गरेको एवम पर्यटकहरुलाई गुमराहमा पारी नेपाली पर्यटन क्षेत्रलाई बदनाम गरेको उजुरी बढ्दै गए पछि सो क्षेत्रमा अनुगमन गरिएको बाणिज्य कार्यालय भैरहवाका प्रमुख तथा अनुगमन समितिका संयोजक बेदप्रकाश उपाध्यायले बताए ।

पर्यटक आगमनको बिन्दु क्षेत्रबाट नै बिभिन्न बिचौलियाहरुले पर्यटकहरुलाई गलत सूचना दिइ उनिहरुलाई अल्पत्र पार्ने, उनीहरुलाई ठग्ने गरेका छन् ।

नेपालका बिभिन्न स्थानमा ट्रेकिङ्गदेखि होटल बुक गर्ने नाममा मोटो रकम लिइ उनीहरु पर्यटकहरुलाई उक्त सेवाहरु नदिइ भाग्ने गरेको उपाध्यायको भनाइ छ ।

बेलहिया क्षेत्रमा बिचौलियाहरुको प्रभाव बढ्दै गई पर्यटकहरु ठगिदै गएको भनी ट्राभल्सहरुको संगठन नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर्स एजेन्ट -नाटा)ले पनि सो निायन्त्रणको प्रयास थालेको छ ।

नाटाका महासचिव चन्द्र बहादुर थापाका अनुसार बेलहियामा ट्राभल ब्यवसायको नाममा अवैध रुपमा खुला रुपमा दलाल केन्द्रहरु खुलेको बताए । उनले नेपाल प्रवेश विन्दु बेलहियामै पर्यटकहरुको बाटो ढुकी पर्यटकमाथि जबरजस्ती र छिनाझपटी गर्ने गरेको गुनासो गरे ।

यस्ता एजेन्सीहरुले ट्राभल ब्यावसायकै बदनाम गरेको हुँदा स्थानीय प्रशासनको सहयोगमा उनीहरुलाई नियन्त्रणमा ल्याउने प्रयास थालिएको बताए ।

नेपाल भारतको सीमा नाका बेलहियाबाट स्थल मार्ग हुदै मुलुककै सबै भन्दा बढी पर्यटक भित्रिने गरेका छन् ।

यस्ता पर्यटकहरु नेपालको प्रवेश बिन्दुमै गलत सूचना पाउँदा र ठगिदा समग्र नेपालकै पर्यटन उद्योगमा नाकारात्मक असर पर्ने पक्का छ । ट्राभल एजेन्सीहरुमा गरिएको अनुगमनलाई स्थानिय ट्राभल ब्यावसायीहरुले सकारात्मक भएको बताउँदै यसलाई निरन्तरता दिनु पर्ने आवाज समेत उठाएका छन ।

सोमबार बाणिज्य कार्यालय भैरहवाको अगुवाइमा पर्यटन कार्यालय भैरहवा, जिल्ला प्रशासन कार्यालय रुपन्देही, नाटा, पर्यटक प्रहरीको संयुक्त टोलीले अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?