Comments Add Comment

पोखरामा २१ वर्षीया महिलाले जन्माइन् तिम्याहा शिशु

२८ जेठ, पोखरा । पोखरामा एक महिलाले तिम्ल्याहा बच्चा जन्माएकी छिन् । पोखरा लेखनाथ महानगरपालिका १४ घर भएकी २१ बर्षीया आरती शाहीले गत शनिबार बिहान मणिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा बच्चा जन्माएकी हुन् । शल्यक्रिया गरी निकालेको दुई छोरी र एक छोरा रहेको छ ।

अस्पताल स्रोत अनुसार शल्यक्रिया गरेर निकाले पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर छ । २७ हप्ता मै  जन्मिएका तीनवटै बच्चाको तौल कम छ । पहिलो बच्चाको तौल ८६० ग्राम, दोस्रो बच्चाको तौल ८४०  र तेस्रोको तौल ८०० ग्राम रहेको छ ।

तौल कम भएका कारण उनीहरुलाई बचाउन मुस्किल हुने चिकित्सकको भनाइ छ । सामान्य अवस्थाको बच्चाको तौल कम्तीमा पनि २.५ केजी हुन्छ ।

अस्पतालका डा. दीपकप्रसाद कोइरालाका अनुसार समय भन्दा अगाडि बच्चा जन्मेको हुँदा फोक्सोको राम्रोसंग विकास नभएको, रोगसंग लड्ने क्षमताको पनि विकास नहुँदा निमोनिया जस्ता रोगले आक्रमण गर्न सक्ने संभावना बढी देखिन सक्छ ।

बच्चाहरुको २४ घण्टाको स्वस्थ्य स्थिति बुझ्दा बाँच्ने संभावना न्यून देखिए पनि बच्चाको सफल उपचार तिर लागिपरेको कोइरालाले बताए ।

अस्पताल अनुसार मणिपाल अस्पतालमा करिव तीन बर्ष पछि यसरी तिम्ल्याहा बच्चा जन्म भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment