Comments Add Comment

यसरी गरियो बाजेको सेकुवामा शिलबन्दी (फोटो फिचर)

३० जेठ, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौंको विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेर शिलबन्दी गरेको छ ।

समितिका संयोजक सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा खटिएको टोलीले अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवाको शाखामा शिलबन्दी गरेको हो ।

रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर सुन तस्करीमा जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो ।

प्रहरीका अनुसार बाजेको सेकुवा नामबाट हाल १० वटा रेस्टुरेन्ट सञ्चालनमा छन् ।

यो पनि पढ्नुस् 

बाजेको सेकुवाको ६ शाखामा सुन समितिको छापापछि शिलबन्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment