+
+

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३१ गते ९:३६


३१ जेठ, काठमाडौं । भक्तपुरको सल्लाघारीमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर बस्दै आएका गुल्मीका १८ वर्षीय किरण श्रेष्ठ छन् ।

बिहीबार बिहान साढे ३ बजेतिर ठिमीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ५५ प २५२७ नम्बरको मोटरसाइकल सडकमा रहेको चौपायालाई जोगाउन खोज्दा अनियन्त्रित भइ पल्टिएको थियो ।

दुर्घटनामा घाइते श्रेष्ठको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकल पछाडि सवार भक्तपुरमै बस्ने बाग्लुङका २१ वर्षीय सुन्दर खड्काको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?