+
+

काम नभएको विरोधमा स्थानीयले सडकमै धान रोपे

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३ गते १४:४४

३ असार, पोखरा । पोखरा महानगरपालिका ३१ मा स्थानीयले सडकमै धान रोपेर सांकेतिक विरोध जनाएका छन् ।

वडा नम्बर ३१ को नगरचोकदेखि बेगनासताल बाँधसम्मको सडक लामो समयदेखि नबनेको भन्दै स्थानीयले सडकका खाल्टामा धान रोपेर विरोध गरेका हुन् ।

८ सय ३० मिटर लम्बाई र १४ मिटर चौडाइ रहेको यो सडकमा विवादका कारण काम भएको छैन । बेगनास सिञ्चाई आयोजना र स्थानीयबीचको विवादले सडकका लागि छुट्टएिको रकम पनि खर्च हुन नसकेर फिर्ता भएको वडाध्यक्ष कमल थापाले बताए ।

‘सडकमा धान रोपेर विरोधका लागि विरोधमात्रै हुन्छ,’ अध्यक्ष थापाले भने, ‘सिञ्चाई आयोजना र स्थानीय मिलेर पहिले विवाद मिलाउन जरुरी छ ।’ उक्त सडक सिञ्चाई कार्यालयको लालपूर्जाभित्र पर्छ ।

सिञ्चाइ कार्यालयले स्थानीयले समेत मापदण्ड अनुसारको जग्गा छाडेर सडक निर्माण गर्न आग्रह गरेको थियो । तर, कतिपय घर सिञ्चाईको जग्गासम्मै जोडिएर बनेका छन् । दुबैले मापदण्ड छोडेर बाटो बनाउँदा घरसमेत जाने भएपछि कतिपय स्थानीयले विरोध गरेका थिए ।

‘अरुका जग्गामा आँखा लगाउने, जोडेरै घर बनाउने अनि मापदण्डका कुरा आएपछि बिरोध गर्ने प्रवृतिकै यो सडक निर्माणमा पनि ढिलाई भएको हो,’ एक स्थानीयले भने, ‘संघसंस्था सरकारी वा सार्वजनिक जग्गा भनेपछि आँखा लगाउने प्रवृत्ति जताततै छ ।’

योजना परेर पनि बर्खा चुनाव लगेर निर्माणमा ढिलाइ भएको सडकमा ठूला खाल्टा परेको र शनिबार सरसफाइमा निस्किएका स्थानीयले धान रोपेर ध्यानाकर्षण गराएको स्थानीय कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?