+
+

इजिप्टका गोलकिपरले किन लिएनन् अवार्ड ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३ गते १८:२०

काठमाडौं । इजिप्टका गोलकिपर मोहम्मद एल सेन्नावीले म्यान अफ दि म्याच ट्रफी लिन अस्वीकार गरेका छन् ।

उरुग्वेविरुद्ध राम्रो प्रदर्शन गरेका उनले टिम हारेका कारण अवार्ड अस्वीकार गरेका भने होइनन् ।

काभानी र लुइस स्वरेजलाई गोल गर्न रोकेका उनले ८९ औं मिनेटमा गोल खाएका थिए ।

हारका बाबजुद उनको प्रदर्शन राम्रो भएका कारण उनलाई म्यान अफ दि म्याच अवार्ड दिइएको थियो । तर, उनले अस्वीकार गरेका छन् । उनले बियर बडवाइजरसँगको सम्झौताका कारण म्यान अफ दि म्याच अवार्ड अस्वीकार गरेका हुन् ।

उनी मुस्लिम हुन् र मदिराजन्य पेय पदार्थ खान नहुने विश्वासका कारण उनले अवार्ड नलिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?