Comments Add Comment

म्याक लुब्रिकेन्ट्स ब्राण्डको नयाँ प्याकेजिङ

३ असार, काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडले म्याक लुब्रिकेन्ट्सको पूर्ण नयाँ प्याकेजिङ रेन्जको शुभारम्भ गरेको छ ।

शुभारम्भ कार्यक्रमको अध्यक्षता विपिसिएलका अध्यक्ष तथा म्यानेजिङ डाईरेक्टर डी राजकुमार र सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी निर्देशक सिद्धार्थ शम्सेर जबराले गरे । सिप्रदी ट्रेडिङ्ग प्रालि म्याक लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक विक्रेता हो ।

कार्यक्रममा विपिसिएल तथा सिप्रदीका वरिष्ठ अधिकृतहरुको पनि उपस्थिति थियो । भव्य सजावट सहित रंगिएको सुरुवाती कार्यक्रममा ग्राहकवर्गहरु, डिलरहरु तथा विजनेस एसोसिएट्सहरुको पनि उपस्थिति थियो ।

नयाँ भविष्यलाई अंगाल्ने योजना अनुसार म्याक लुब्रिकेन्ट्सले सारै आकर्षक र नयाँ डिजाईनमा पूर्णरुपमा नयाँ रेन्जको प्याकेजिङको सुरुवात गरेको छ । नयाँ प्रविधि र वस्तुको कार्यगत क्षमताबाट उत्प्रेरित भएर आएको नयाँ प्याकमा भविष्यवादी जेन-एक्स प्रोफाईल भएकोले यसले बजारमा आˆनो स्थान ओगट्ने कम्पनीको दाबी छ ।

नयाँ प्याकमा ग्राहकहरुको विश्वास जित्न र भरपर्दो प्रोडक्ट डेलिभरीको लागि ट्याम्पर ईभिडेन्ट क्याप राखिएको छ । सजिलै बोक्नको लागि टप ह्याण्डल र खन्याउन सजिलोको लागि साईड बटम ह्याण्डल दुईवटा ह्याण्डल गि्रप पनि छ । नवीन प्रविधिबाट प्याक डिजाईनसहति ह्याण्डलको गि्रपमा यूनिक टेक्चर छ ।

गतिलो गि्रपिङको लागि अगाडि पट्टी घुमाईएको प्रोफाईल छ । वसले खन्याउने बेलामा सहज र सुरक्षित गि्रपिङ सुनिश्चित गर्न मद्धत गर्छ ।  यसमा कम आवाज आउने गरी बनाईएको नेक छ । यो खन्याउँदा एकनाश र राम्रोसँग ˆलो हुने र आवाज पनि कम आउने गरी बनाईएको हो ।

विश्वमै राम्रो डिजाईन एजेन्सीको रुपमा रहेको टाटा इल्क्सीले डिजाईन गरेको यो नयाँ प्याक धेरै पटकको टेष्ट पछि शुभारम्भ गरिएको छ । यो पेट्रोल ईन्जिन सेग्मेन्टको लागि रातो, पि्रमियम सेग्मेन्टको लागि -पेट्रोल/डिजेल)का लागि गोल्ड, डिजेल, गियर आयलको लागि र संरक्षित/विशेष सेग्मेन्टको लागि नीलो ग्रे र तथा कृषि सामग्री तथा पर्यावरण अनुकुल सेग्मेन्टको लागि ग्रिन कलरमा उपलब्ध छ ।

ईन्जिनको पार्ट वरिपरि उर्जा भरिएको र प्रविधिको संयोजन भएको देखाउने गरी लेबलको डिजाईन गरिएको छ, जसले प्रोडक्ट र यसका विशेषताहरुलाई पनि उजागर गर्ने गरी बनाईएको नयाँ प्याक यसको प्रस्तुति र ओभरअल लुकमा अद्वितीय छ ।

ग्राहकहरुको चाहनालाई ध्यानमा राखी नयाँ प्याक अनुकुल हुने गरी विशिष्ट सामग्रीबाट बनाईएको हुनाले यसले आˆनो यथार्थता देखाउँछ र यो प्याकको कलर, फिनीसिङ र लुक विशिष्ट तथा भिन्नै दर्साउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment