Comments Add Comment

संघर्षको बाटो छोडेका छैनौंः उपेन्द्र यादव

५ असार, वीरगञ्ज । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले फोरम नेपालले संघर्षको बाटोलाई नछोडेको बताएका छन् ।

फोरमका अध्यक्षसमेत रहेका उनले प्राप्त उपलब्धीको रक्षा गर्न त्यसमै उभिएर बाँकी अधिकार प्राप्ती गर्नुको साथै देश र मधेसको विकासको कार्यदिशा लिएर फोरम नेपाल सरकारमा गएको बताए ।

संघीय समाजवादी फोरम नेपाल पर्साले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले प्राप्त उपलब्धीलाई गुम्न नदिनका लागि सरकारमा सहभागी भएको स्पष्ट पारे ।

‘कम्युनिष्ट सरकारमा सामेल हुँदा दुई तिहाइ बहुमत पुग्ने देखियो, दुई तिहाइ बहुमतले मात्रै संविधानमा परिवर्तन संभव छ । कम्युनिष्टलाई साथमा नलिइकन संविधान संसोधन संभव थिएन । त्यसैले हात मिलाउनु बाध्यता भयो,’ उनले भने, ‘पहलमानी लड्नु भन्दाअघि पनि माटो लगाएर पहिला हात नै मिलाइन्छ । त्यसपछि न अभ्यास हुन्छ । प्राप्त उपलब्धीको रक्षा, बाँकी रहेको अधिकारको प्राप्ती सँगसँगै देश र मधेसको विकासको लागि रिङ भित्र हामी पसेका छौं ।’

उनले प्राप्त उपलब्धीको रक्षा गर्नु नै पहिलो आवश्यकता भएको बताए । साथै उपलब्धीको रक्षा गर्न नसकेको अवस्थामा प्राप्त उपलब्धी गुम्ने उनको भनाइ छ ।

प्राप्त अधिकारलाई लिने र त्यसमा उभिएर आफ्नो तागतलाई मजबुत गरेर बाँकी अधिकार छिन्ने रणनीति आफूहरुको रहेको उनको भनाइ छ । ‘जबसम्म बाँकी मिल्दैन तबसम्म केही नलिने, जहिले मिल्छ एकैचोटि लिने भन्ने हो भने जे मिलेको छ त्यो पनि जान्छ, भविष्यको कु्नै निश्चित छैन ।’ उनले भने ।

प्रदेशको नाम २ नम्बर हटाएर मधेस प्रदेश राख्न अनुरोध गरिसकेको भएपनि प्रदेश सरकारले हिम्मत नगरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment