Comments Add Comment

सिनामंगलमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

६ असार, काठमाडौं । काठमाडौंको सिनामंगलमा सुमो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सिनामंगल बस्ने दोलखा चरिकोटकी ४७ वर्षीया गोमा भुजेलको मृत्यु भएको हो ।

राति १० बजे ना १ ज ४२५० नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा राति सवा १० बजे मृत्यु भएको महानगरीय प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment