Comments Add Comment

जबरबजस्ती करणी गर्ने बाबु कारागार चलान


७ असार, प्यूठान । आफ्नै छोरीलाई यौन शोषण गर्ने बाबुलाई जिल्ला अदालत प्यूठानले कारागार चलान गरेको छ ।

प्यूठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जबरजस्ती करणी गर्ने बाबुलाई अदालतको आदेशपछि कारागार चलान गरिएको बताए ।

लामो समयदेखि जबरजस्ती करणी गरेको भन्दै गत जेठ २० गते आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गराएको थियो । अदालतले कारागार चलान गर्न आदेश दिएसँगै उनी जेल चलान भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment