Comments Add Comment

झुठो विवरण दिएर नागरिकता सिफारिस गर्नेको आरोपमा वडाअध्यक्ष सहित चार पक्राउ

७ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नक्कली विवरण दिई नागरिकता सिफारिस गरेको आरोपमा अर्का वडाअध्यक्ष पनि पक्राउ परेका छन् ।

प्रहरीले बिहीबार चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउलेका वडाअध्यक्ष सानुकान्छा श्रेष्ठ, वडा सचिव राजबहादुर श्रेष्ठलाई झुठा विवरण दिई नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ गरेको हो ।

चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले ठेगाना राखेर एक जना अपरिचत किशोरीलाई नागरिकता सिफारिस गरिएको थियो ।

स्याउलेकी पार्वती थापालाई आमा बनाएर सुस्मिता थापाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबट २०७५ माघ २३ नेपाली नागरिकताको प्रमाण-पत्र लिएकी थिइन् ।

सुस्मिताको वास्तविक ठेगाना कता हो अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक हरिकृष्ण केसीले जानकारी दिए । सुस्मितालाई नागरिकता दिलाउन मध्यस्थकर्ताको काम सुनसरी जिल्ला बकलौरीकी सीमाकुमारी धामीले गरेकी थिइन् ।

‘धामीले सुस्मितासँग पैसा लिएर पार्वतीलाई आमा बनाएर नागरिकता प्रमाण-पत्र लिएको देखियो’ प्रहरी निरीक्षक केसीले भने । सुस्मिता भने नागरिकता बनाएपछि राहादानीसमेत बनाएर विदेश गएको प्रहरीले जानकारी दिएको छ ।

आफ्नो घरमा अर्की बहिनी हुदा हुदै आमाले नक्कली बहिनी बनाएर नागरिकताको सिफरिस दिएर अरुलाई नागरिकता बनाइदिएपछि पार्वती थापाको छोराधले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

त्यही उजुरी पछि प्रहरीलाई वडा अध्यक्ष श्रेष्ठ, वडा सचिव राजबहादुर श्रेष्ठ, नक्कली आमा बन्ने पार्वती थापा र नागरिकता दिलाउन सहयोग गर्नै सीमा कुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

केही दिनअघि हृेलम्बु गाउँपालिका-७ का वडा अध्यक्ष खेतनाथ घिमिरे भुठो विवरण दिई नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment