Comments Add Comment

मूल्यवृद्धि विरुद्ध आयल निगम अगाडि नेविसंघको विरोध प्रदर्शन


७ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको छ ।

शुक्रबार अपरान्ह नेपाल आयल निगमको केन्द्रीय कार्यालयसहित देशका विभिन्न भागमा रहेका निगम कार्यालयको मूल गेटमा धर्ना दिँदै मूल्य वृद्धि फिर्ता नभएसम्म सरकार विरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको हो ।

नेपाल आयल निगममा आयोजित धर्ना कार्यक्रमको नेतृत्व गर्नु भएका संघका अध्यक्ष नैनसिंह महरले जनताको दैनिक उपभोग्य वस्तुमा बढाइएको मूल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

धर्ना कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी समेत गरे ।

संघले पेट्रोेलियम पदार्थमा गरिएको मूल्यवृद्धि एकमुष्ट रुपमा फिर्ता गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएका छन । पेट्रोलियम पदार्थमा पछिल्लो पटक मूल्य वृद्धि गरेलगत्तै संघले सरकारविरुद्ध सडक संघर्ष सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment