Comments Add Comment

अवैध प्रवासीबाट मारिएका परिवारका सदस्यलाई ट्रम्पले ह्वाइटहाउसमा भेटे


९ असार, काठमाडौं । प्रवासीका मुद्दामा नरम देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले अवैध प्रवासीबाट पीडित परिवारका सदस्यहरुलाई ह्वाइट हाउसमा बोलाएर भेटवार्ता गरेका छन् । केही दिन पहिले उनले प्रवासी बालबालिकालाई उनीहरुका परिवारसँगै बस्न दिने निर्णय गरेका थिए ।

शुक्रबार साँझ अवैध प्रवासीहरुबाट मारिएका व्यक्तिका परिवारसँग उनले भेटघाट गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले एन्जल फेमिलिज नामक एक समूहलाई ह्वाइट हाउसमा बोलाएर तपाईंहरुका परिवारका सदस्यको बलिदान खेर जान नदिने बताए ।

शुक्रबार अवैध प्रवासीबाट मारिएका परिवारका सदस्यहरुलाई भेटेर ट्रम्पले भने, जुन पीडा तपाईंहरुले सहनुपर्यो त्यो व्यर्थ जान दिइने छैन । तीन वर्ष पहिले जब हामी सँगै थियौं, मैले भनेको थिएँ, तपाईंहरुलाई देखिरहेको छु, सुनिरहेको छु, तपाईंहरुको यस बलिदानलाई खेर जान दिने छैन, तपाईंहरुलाई निराश बनाउने छैन । हामी बहादुर अमेरिकीहरुको एन्जेल फेमिलीलाई पुकारर्छौं ।

साथै उनले अब योभन्दा बढी नराम्रो हुन नदिने प्रतिबद्धता जनाए । उनले कार्यक्रममा सहभागी हुन आएका परिवारका सदस्यहरुको साथमा आफू सधैं रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment