Comments Add Comment

सेनेगललाई ‘मूर्ख’ बनाउन चाहन्छ जापान

काठमाडौं । जापानका मिडफिल्डर केसुके होन्डाले सेनेगलको डिफेन्समाथि प्रश्न गरेका छन् र अफि्रकी टिमलाई आइतबार ‘मूर्ख’ बनाउने विश्वास व्यक्त गरेका छन् ।

समूह एचमा रहेको जापान र सेनेगलको समान ३-३ अंक छ । पहिलो खेलमा कोलम्बियालाई २-१ ले हराएको जापानले आइतबार सेनेगलसँग खैल्नेछ ।

‘उनीहरुको सबल पक्ष हामीलाई थाहा छ । तर, हामी उनीहरुको कमजोरी उदाङ्गो पार्न चाहन्छौं’ ३२ वर्षीय होन्डाले भनेका छन् ।

‘मलाई लाग्छ, यदि हामी चनाखो हुन सक्यौं भने उनीहरुलाई मुर्ख बनाउन सक्छौं । हामीले उनीहरुको गोलकिपरलाई लक्षित गर्नुपर्छ ।’

एसी मिलानका पूर्वमिडफिल्डर होन्डाले कोलम्बियाविरुद्धको खेलमा एक गल्ती गरेका थिए । तर, त्यसका कारण गोल नआएको भन्दै उनले भनेका छन्, यो मेरो अन्तिम विश्वकप हो र म आफ्नो सम्पूर्ण शक्ति यसमै लगाइरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment