Comments Add Comment

घाटमा पुर्‍याएको शव प्रहरीले नियन्त्रणमा लियो, छोरा र मलामी पक्राउ

९ असार, गोरखा । अपाङ्गता भएकी महिलालाई छोराले कुटपिट गरी हत्या गरेको आशंकामा प्रहरीले दाहसंस्कारका लागि घाटमा पुर्‍याएको शव नियन्त्रणमा लिएको छ । मृतकका छोरा र मलामीहरु समेत पक्राउ परेका छन् ।

भिमसेन गाउँपालिका-१ निवेलकी ६३ बषर्ीया बिभा विश्वको शनिबार विहान करिव ३ बजे मृत्यु भएको थियो । उनका छोरासहित केही स्थानीयबासीले दाहसंस्कारका लागि शव नयाँ साँघुस्थित धर्मावती घाटमा लगेका थिए ।

तर कुटपिट गरी हत्या गरेको खवर पाएपछि प्रहरी टोली घाटमा पुगेर शव दाहसंस्कार गर्न रोकेको छ । मृतकका छोरा र मलामीलाई नियन्त्रणमा लिएको डीएसपी भेषराज रिजालले बताए ।

‘कालगतिले मृत्यु भएको भनेर लुसुक्क घाटमा पुर्‍याएर जलाउन खोजिसकेका रहेछन् । तर हत्या भएको खवर आयो, अनि हाम्रो टोली घाटमा पुगेर शव सहित मृतकको छोरा र मलामी सबैलाइ नियन्त्रणमा लियौं’ डीएसपी रिजालले भने ।

प्रहरीका अनुसार मृतक विभाको शरिरको बिभिन्न भागमा चोट देखिएको छ । ‘निधार, गाला, हातखुट्टा लगायत शरिरको बिभिन्न ठाउँमा चोट देखियो, पोष्टमार्टमका लागी शवलाई अहिले जिल्ला अस्पतालमा राखेका छौं’ उनले भने ।

छोरा राजेशले दिनहूँ आमालाई कुटपिट गर्दै आएको पनि प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । ‘छोराले सँधैजसो आमालाई पिट्ने रहेछ, यसअघि घटना गाउँमै मिलाउँदै आएका रहेछन् । शनिबार आमाको निधन भयो । छोराकै कुटाइबाट ज्यान गएको आशंका छ’ उनले भने ।

प्रहरीले मृतकका छोरासहित १८ जना मलामीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment