Comments Add Comment

महोत्तरीका ४ विद्यालयमा शुरु भो मैथिली भाषाको पढाइ


१० असार, महोत्तरी । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मैथिली विषयको पठनपाठन शुरु गरेका छन् ।

मन्त्री पोखरेलले महोत्तरीको जलेश्वरनाथ नगरपालिका–७ स्थित मावि वखरी भाट तथा सोही वडामा अवस्थित तीन प्रावि विद्यालयका कक्षा एकका बालबालिकालाई मैथिली पुस्तक प्रदान गर्दै उक्त विद्यालयहरुमा मैथिली शिक्षण सुरु भएको घोषणा गरेका हुन् ।

शनिवार मावि वखरीभाटमा आयोजना गरिएको कार्यक्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले नेपाली पछि देशकै सवैभन्दा बढी बलिने भाषा मैथिली भएको र आफ्नै मातृभाषामा पठनपाठन गराउँदा सिकाइ प्रभावकारी हुने बताए ।

मन्त्री पोखरेलले अन्य मातृ भाषाहरुमा पनि यसैगरी पठनपाठन हुने व्यवस्था गर्नुपर्ने बताए ।

मैथिली शिक्षा प्रारम्भ गर्न वडा कार्यालयले ४ वटै विद्यालयमा मैथिली शिक्षक एवं स्वयं सेवक नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment