Comments Add Comment

दक्षिण एसियाका मुसहर समुदायका अगुवाहरु जनकपुरमा

१० असार, जनकपुरधाम । मुसहर समुदायका अगुवाहरुको दक्षिण एसियास्तरीय पहिला सेमिनार जनकपुरधाममा सुरु भएको छ ।

सेमिनारमा नेपाल, भारत र बगंलादेश बाट २५० जना मुसहर समुदायक सहभागिता रहेको भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

यस प्रकारको मुसहर समुदायको अन्तराष्ट्रिय स्तरको सेमिनारको आयोजना पहिलो पटक गरिएको हो । पुस्तौदेखि उपेक्षित मुसहर समुदायहरु अधिकारको लागि संगठित हुन थालेको महत्तोले जानकारी दिए ।

सम्मेलन दुई दिनसम्म चल्ने छ । यस सेमिनारमा नेपाल, भारत र बंगलादेशबाट २५० जना मुसहर अगुवाहरु सहभागिता रहकोछ ।

नेपाल, भारत र वगंलादेश गरी लगभग १ करोड भन्दा बढी जनसंख्या रहेको मुसहर समुदाय पुस्तौ देखि चरम गरीबी, अन्याय, अभाव, रोग, भोक र शोकको अवस्थामा जीवन जीउन बाध्य रहेका छन् ।

नेपाल, भारत र वगंलादेशका मुसहर समुदायको वर्तमान अवस्था र यसका जड कारणहरुको विश्लेषण गर्ने गरी मुसहर समुदायको प्रमुख मुद्धाहरुको तय गर्ने, तीन वटै देशमा नीतिगत तहमा र परिवार तथा समाजस्तरमा मुसहर समुदायको उत्थानको लागि सरकार, सहयोगी निकाय, निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल तथा संचार क्षेत्रबाट गरिएका अहिलेसम्मका प्रयासहरुको बृहत छलफल मार्फत अभिलेखिकरण गर्ने जनाइएको छ ।

यस्तै मुसहर समुदायको समग्र उत्थानको अभियानलाई अझ सशक्त बनाउन र उनीहरुको मुद्धालाई अन्तर्राष्ट्रियस्तरमा मजबुतका साथ अगाडि बढाउन मुसहर समुदायको संयूक्त अन्तर्राष्ट्रिय संजालको स्थापना गर्ने सेमिनारको प्रमुख उदेश्य रहेको भोरका अध्यक्ष महतोले बताए ।

मुसहर समुदायबाट विभिन्न क्षेत्रमा पहिलो पल्ट विभिन्न कार्य गरी इतिहास बनाउने ११ व्यक्तिहरुलाई पायोनियर सम्मान प्रदान गरिने काय्रक्रम समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment