Comments Add Comment

सुन्दरहरैचा नगरपालिकाको वजेट ७९ करोड ११ लाख ६३ हजार

१० असार, विराटनगर मोरङको सुन्दरहरैचा नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ का लागि ७९ करोड ११ लाख ६३ हजारको आयव्यय वजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाले आइतबार तेश्रो नगर सभामा उपमेयर धना तामाङले सो बराबरको आयव्ययको वजेट प्रस्तुत गरेकी हुन ।

आयतर्फ आन्तरिक आयवाट ७ करोड ५० लाख वितिय समानिकरणवाट १९ करोड ४१ लाख, प्रदेशसरकारवाट ४६ लाख ७३ हजार, वजेट सार्वजिनिकिकरण गरिएको छ ।

यसैगरी व्ययतर्फ चालुुतर्फको प्रशानिक खर्च १२ करोड ८१ लाख ६९ हजार, पूँजिगत खर्चतर्फ ५ करोड ६३ लाख सार्वजनिक गरिएको छ ।

जसअनुुसार प्रकोप व्यवस्थापनमा १ करोड, मर्मत सम्भारमा १ करोड २५ लाख, वातवरण विकासकोषमा ३० लाख, आर्थिक विकासमा १ करोड ६४ लाख, पुर्वाधार विकासमा ४ करोड ५५ लाख , सामाजिक विकासमा १ करोड ९९ लाख वजेट छुटयाएको छ ।

कार्यक्रममा वोल्दै नगरपालिकाका मेयर शिवप्रसाद ढकालले वजेटमा संघीय सरकारले बजेटमा अनुदान दिने बिषयमा विभेद गर्दा समस्या भएको बताए । उनले भने’ संघीयताको ढाचा अनुरुप मुलुक अगाडी वढेको छ,तर संघबाट प्रदान गरिने अनुदानको वजेटसमेत बिभेदको स्थिति छ ।

उनले संघीय सरकारले भने जस्तैे सिहदरवारको अधिकार गँाउगाउँमा पुर्‍याउने कुरा यस्तो स्थितिमा असम्भव रहेको बताए ।

समुन्नत नगरपालिका बनाउने अभियानमा नगरपालिका लागेको भन्दै नगरपालिकाले एक वर्षमा ३० किलोमिटर कालोपत्रे ५० किलोमिटर नाला निमार्ण तथा ५० किलोमिटर भन्दा बढी सडकको स्तरउन्नती गरेको उनले जानकारी दिए ।

नगरपालिकाले यस वर्षको वजेटमा जेष्ठ नागरिकसंग नगरप्रमुख, लोहन्द्रा, गछिया, बुढी, सुकुना लगायतका खोलामा तटवन्ध, उज्यालो र प्रविधियुक्त सुन्दरहरैचा, बालबालिकालाई स्कुल पठाउ पूर्ण साक्षर नगरपालिका बनाउने कार्यक्रम समेटेको छ ।

यसैगरी कृषिमा आधुनुकिकरण, भौतिक पुर्वाधार निमाण, पर्यटन प्रर्वधन, शिक्षा स्थास्थ्यको विकासमा समेत वजेटले जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment