Comments Add Comment

मदन भण्डारी राष्ट्रिय पुरस्कार शर्मालाई


काठमाडौं । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने भएको छ ।

मदन भण्डारी फाउण्डेसनले २०७४ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रसिद्ध कलाकार शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो । एक लाख राशीको यो पुरस्कार १४ असारमा भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा प्रदान गरिनेछ ।

पानी रङ र तैल रङ चित्रको प्रयोगात्मक क्षमता र गहन सैद्धान्तिक ज्ञान प्राप्त गरेका शर्मालाई लिच्छविकालदेखि वर्तमानसम्मका काठमाडौं उपत्यकाका प्राचीन सामाजिक, प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व झल्काउने सयौं चित्र प्रकाशन गरेर चित्रकलामा उल्लेखनीय योगदान पुर्‍याएवापत सम्मान गर्न लागिएको फाउण्डेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment