+
+

इटालीमा फहरायो नेपाली झण्डा

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १२ गते १२:०९

इटाली/ इटालीको ट्रेण्टो प्रदेशको रोभेरेटो सहरमा भएको एक विशेष कार्यक्रममा नेपाली झण्डा फहराइएको छ ।

इटालीका लागि गैरआवासीय राजदूत दीपक धितालले पिस वेल फाउण्डेशनका प्रमुख संरक्षक प्रोफोसर सिनेटर एल्बेर्टाे रोबोल लाई झण्डा हस्तान्तरण गरेका थिए ।

पिस वेलको सामुन्ने नेपालको राष्ट्रिय झडोत्तलनपछि सय पटक घण्ट बजाउनका साथै इटालीको राष्ट्रिय गान समेत बजाएर सम्मान देखाइएकाये थियो । उक्त अवसरमा नेपाली र इटालियन साँस्कृतिक नृत्य तथा संगीत प्रस्तुत गरिएको थियो ।

नेपालको झmण्डा दुई हप्तासम्म घण्टको सामुन्ने छुट्टै फहराइने र त्यसपछि स्थायी रुपमा अन्य मुलुकका झण्डासँगै राखिने जेनेभास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

झण्डा फहराउने कार्यक्रममा बोल्दै फाउण्डेशनका प्रमुख संरक्षक प्रोफेसर सिनेटर रोबोलले मारिया डोलेन्समा झण्डा स्थापना गर्ने ९६ औं मुलुकका रुपमा नेपाललाई स्वागत गरेका थिए ।

उनले नेपाल र नेपालीप्रति इटालीका जनतामा अत्यन्त ठूलो सद्भाव र मित्रता रहेको बताउँदै नेपालको झण्डा उक्त स्थानमा स्थापना भएपछि प्रतीकात्मक रुपमा दुई मुलुकका जनता अझै निकट भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?