Comments Add Comment

विश्वकप : लाइभमै किस गर्न खोज्नेलाई ब्राजिलकी रिपोर्टरले झपारिन्

काठमाडौं । रुसबाट विश्वकप खेलको बारेमा प्रत्यक्ष प्रसारण गरिरहँदा एक व्यक्तिले एक्कासी आएर गालामा चुम्न खोजेपछि ब्राजिलकी एक खेल पत्रकारले तीनलाई झपारेकी छिन् ।

टीभी ग्लोबो र स्पोर्टस् टिभीकी पत्रकार जुलिया गुमारेइस आइतबार बिहान एकाटेरिनबर्गबाट जापान र सेनेगलबीचको खेल हुँदै गर्दा रंगशाला बाहिरबाट प्रत्यक्ष प्रसारणमा थिइन् । यत्तिकैमा एक व्यक्ति उनी नजिक आएर चुम्ने प्रयास गरे ।

उनी त्यो चुमाइबाट जोगिइन् र ती व्यक्तिलाई महिलासँग कहिल्यै पनि त्यसरी प्रस्तुत नहुन सचेत गराइन् । अघिल्लो साता पनि मस्कोमा एक कोलम्बियन पत्रकारलाई पनि एक व्यक्तिले जथाभावी छुँदै किस गरेका थिए ।

‘यस्तो नगर्नु ! फेरि कहिल्यैै पनि यस्तो नगर्नु’ पत्रकार गुइमारेइसले ती व्यक्तिलाई झपार्दै भनिन् ।

ती पत्रकारले भनेकी छन्, ‘यस्तो नगर्नु । म तिमीलाई यस्तो गर्न दिन्न । यो असभ्य छ, गलत छ । कहिल्यै पनि महिलालाई यस्तो नगर । सम्मान गर्न सिक ।’

उनले झपारेपछि ती व्यक्तिले माफी मागेको भिडियोमा सुन्न सकिन्छ ।

पत्रकार गुमारेइसले यसअघि ब्राजिलमा कहिल्यै पनि यस्तो अनुभव नगरेको उल्लेख गर्दै टि्वट गरेकी छिन् । उनले ग्लोबो स्पोर्टसलाई उक्त घटना डरलाग्दो भएको र त्यसले उनलाई ‘लाचार र कमजोर’ बनाएको बताएकी छन् ।

‘यो पटक मैले प्रतिक्रिया दिएँ, तर यो धेरै नै दुःखद छ । मानिसहरुले उनीहरुलाई यस्तो हर्कत गर्ने अधिकार छ भनेर कसरी सोच्छन् होला’ उनले भनिन् ।

रुस र इजिप्टबीचको विश्वकपको उद्घाटन खेलमा पनि आफूमाथि दुव्र्यवहार भएकोसमेत उनले बताएकी छन् । ब्राजिलमा पनि यस्ता दुव्र्यवहारको घटना धेरै हुने गरेको भए पनि आफूमाथि भने यस्तो नभएको उनले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment